रास्वपा चन्द्रागिरि नगर कमिटिको सभापतिमा जनार्दन केसी, सचिवमा मधुकर बस्नेत

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चन्द्रागिरि नगर कमिटि सभापतिमा जनार्दन केसीलाई चयन गरेको छ ।

सो पार्टीका केन्द्रीय उपसभापति समेत रहेका संघीय सांसद् डोल प्रसाद अर्यालको उपस्थितिमा बिहीबार चन्द्रागिरि नगरमा आयोजित नगर कमिटि घोषणा कार्यक्रममा केसीको नेतृत्वमा सर्वसम्मत रूपमा १५ सदस्यीय नगर कमिटि गठन भएको हो ।

प्राप्त विवरणहरू अनुसार सो पार्टीको चन्द्रागिरि नगर उपसभापतिको जिम्मेवारी करूणा श्रेष्ठलाई दिइएको छ । सचिवमा मधुकर बस्नेत चयन भएका छन् ।

रास्वपाको चन्द्रागिरि नगर कमिटिको कोषाध्यक्षमा विनोद सुवेदी चयन हुँदा सावित्री श्रेष्ठ, ज्ञानदास महर्जन, पुर्ण कुमार महर्जन, शारदा खनाल, भरत आचार्य, टिकरामा गिरी र सिता थापा सदस्यमा चयन भएका छन् ।

थप ३ जना सदस्य चन्द्रागिर ६, ७ र १४ बाट मनोनयन हुन बाँकी रहेको बताइएको छ । १५ सदस्यीय नगर कमिटिमा सबै वडाबाट समान १-१ जनाको प्रतिनिधित्व रहेको सो पार्टीका काठमाडाैं जिल्ला संयोजक प्रदिप विष्टले जानकारी दिए ।

रास्वपाको चन्द्रागिरि नगर कमिटि गठनका क्रममा सो पार्टीका केन्द्रीय कमिटी सदस्य तथा प्रदेश तथा जिल्ला तहका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

चन्द्रागिरि नगरमा रास्वपाले वडा कमिटिको समेत तयारी गरेको जनाएको छ । जसअनुसार चन्द्रागिरि नगरपालिका २ बाँडभञ्ज्याङबाट सो को सुरूवात हुनेछ । जहाँ असार १६ गतेका लागि वडा भेला डाकिएको बताइएको छ । रास्वपा स्रोतका अनुसार असार महिनाभित्र चन्द्रागिरि नगरका सबै वडामा कमिटि गठन भइसक्नेछ ।

चन्द्रागिरि नगरमा हालसम्म ४१७ जनाले रास्वपाको सदस्यता लिएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *