उच्च शिक्षामा विशिष्टताको प्रबर्धन कार्यक्रम, काठमाडाैं शिक्षा क्याम्पसका २० जना विद्यार्थीलाई छात्रवृत्ति
थानकोट ।
विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षामा विशिष्टताको प्रबर्धन कार्यक्रम अन्तर्गत चालु आ.व.को विपन्न लक्षित छात्रवृति कार्यक्रमका लागि काठमाडाैं शिक्षा क्याम्पसका २० जना विद्यार्थीहरू छनोट भएका छन् ।
सो कार्यक्रमबाट देशभरका आंगिक तथा सामुदायिक क्याम्पसका १ हजार ९ सय १२ जना विद्यार्थीहरू लाभान्वित भएको बताइएको छ। जसमध्ये चन्द्रागिरि नगरपालिका १० सतुगंलस्थित काठमाडाैं शिक्षा क्याम्पसका २० जना विद्यार्थीहरू छनोट भएको क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिनुभयो ।
सो छात्रवृत्ति रकम प्राप्त गर्ने विद्यार्थीहरू अनिवार्य रूपमा परीक्षामा उत्तीर्ण हुनुपर्ने र अनुत्तीर्ण भएको अवस्थामा अर्को वर्ष वा सेमेस्टरमा सो छात्रवृत्ति नपाउने प्रावधान रहेको छ ।
छात्रवृत्ति बापत हरेक विद्यार्थीले एकमुष्ट १५ हजार रूपैयाँ प्राप्त गर्ने बताइएको छ।
विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षामा विशिष्टताको प्रबर्धन कार्यक्रम अन्तर्गत चालु आ.व.को विपन्न लक्षित छात्रवृति कार्यक्रममा छनोट हुने विद्यार्थीहरूको नाम यहाँ हेर्न सकिनेछ ।
काठमाडाैं शिक्षा क्याम्पसबाट सो छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूः