चन्द्रागिरि नगरकै बृहत् खानेपानी आयोजनाले भोलि सोमबारदेखी आफ्नै भवनबाट सेवा दिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रको हालसम्मकै बृहत् खानेपानी आयोजना महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नै कार्यालय भवनबाट सेवा दिने भएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ५, ६ र ७ का करिब ४ हजार ३ सय घरहरूमा खानेपानी सेवा विस्तार गरेको सो समितिले असार ११ गते सोमबारबाट चन्द्रागिरि नगरपालिका ५ दाउराडिपोस्थित आफ्नै कार्यालय भवनबाट सेवा दिने तयारी गरेको संस्थाले जनाएको छ।

यसअघि सो संस्थाले चन्द्रागिरि नगरपालिका-०६ चेकपोष्टस्थित सामुदायिक भवनबाट सेवा दिइरहेको थियो । नेपाल सरकार सहलगानी खानेपानी आयोजनासँगको ७०/३० लगानीमा समितिले आफ्नै भवनका अतिरिक्त, खानेपानीको स्रोत व्यवस्थापन, खानेपानी भण्डारण तथा वितरण प्रणाली निर्माण गरेको हो ।

सो समितिले हाल दैनिक करिब २५ लाख लिटर खानेपानी वितरण गरिरहेको छ।

सुविधा सम्पन्न ११ कोठे भवनमा कार्यालयका दैनिक कार्य सम्पादनसँगै खानेपानी पानी परीक्षणका लागि छुट्टै अत्याधुनिक प्रयोगशाला समेत स्थापना हुने संस्थाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *