चन्द्रागिरि घुम्न आउनेहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै ब्लुक्रस अस्पताल
थानकोट ।
त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले चन्द्रागिरि घुम्न आउनेहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ।
सो अस्पतालले हरेक शनिबार मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म चन्दागिरि हिल्स घुम्न आउनेहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको हो।
अस्पतालका अनुसार चन्द्रागिरि हिल्समा आउने आगन्तुकहरूका अतिरिक्त चन्द्रागिरि हिल्सका कर्मचारीहरूको समेत निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।
परीक्षणका क्रममा रिफर हुनेहरूका लागि ब्लुक्रस अस्पतालमा उपचार गराउँदा विशेष छुट उपलब्ध गराइने अस्पतालले जनाएको छ ।