चन्द्रागिरि नगर प्राथमिक अस्पतालका लागि बागमती सरकारले दियो २५ लाख
थानकोट ।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले थानकोटस्थित चन्द्रागिरि नगर प्राथमिक अस्पतालका लागि २५ लाख रूपैयाँ बजेट विनयोजन गरेको छ ।
आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत थानकोट स्वास्थ्य चाैकीको सबलीकरणका लागि ५ लाख तथा पुरानो नैकाप स्वास्थ्य चाैकी सबलीकरणका लागि १० लाख रूपैयाँ विनियोजन भएको छ ।
यसै गरी किसीपिडीस्थित शहरी स्वास्थ्य केन्द्रमा जनशक्ति व्यवस्थापनका लागि ५ लाख रूपैयाँ विनियोजन भएको छ ।
चन्द्रागिरि नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत विद्यालय नर्सहरूका लागि बागमती प्रदेश सरकारले २४ लाख ८० हजार रूपैयाँ विनियोजन गरेको छ ।
बागमती प्रदेश सरकारले चन्द्रागिरि नगरका कुन योजनाका लागि कति बजेट दियो ? (सूचीसहित)
तस्बिरः प्रकाश गोपाली