मुटु दुख्न थालेपछि राष्ट्रपति पाैडेल पुनः अस्पताल भर्ना

Thankot Times

थानकोट । 

मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुन: अस्पताल भर्ना भएका छन् ।

शनिबार बिहान २ बजे मुटुमा पुन: समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको जनाइएकाे छ।

राष्ट्रपति पौडेल बुधबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भएका थिए ।

मंगलबार बिहान अचानक छाती दुखेपछि उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो ।

अस्पतालमा पौडेलको मुटुको परीक्षण र २४ घन्टा चिकित्सकहरुको निगरानीपछि पौडेललाई अस्पतालले बुधबार बिहान डिस्चार्ज गरेको हो ।

अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको थियो ।

त्यसपछि एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *