चन्द्रागिरि नगरपालिका ११ सतुगंलमा रास्वपाको संगठन विस्तार
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीले वडा स्तरमा संगठन विस्तारको कार्यलाई तिव्रता दिएको छ ।
सो पार्टीको शुक्रबार चन्द्रागिरि नगरपालिका ११ सतुगंलमा वडा कमिटि गठन भएको छ। केही दिन अघि रास्वपाले चन्द्रागिरि नगरपालिका वडा नं. ३ को वडा कमिटि गठन गरिसकेको छ।
रास्वपा काठमाडाैं क्षेत्र नं. १० क्षेत्रीय संयोजक सविना महर्जनका अनुसार चन्द्रागिरि नगरपालिका ११ को वडाको प्रारम्भिक कमिटिको संयोजकमा यदुमणि भट्टराई चयन भएका छन् । यसैगरी साधना मिश्र उपसभापति रहेको सो कमिटिको सचिवमा रविन्द्र काफ्ले चयन भएको रास्वपाले जनाएको छ ।
११ सदस्यीय वडा कमिटिका २ स्थान रिक्त रहँदा बाँकी सदस्य पदमा दिक्षा खनाल, सुन्दरी श्रेष्ठ, मोतिलाल पोखरेल, विष्णु गिरी, पृथ्वी अधिकारी र जितेन्द्र महर्जन चयन भएको बताइएको छ।
रास्वापाको चन्द्रागिरि नगर कमिटिको प्रारम्भिक नेतृत्व चयन निष्कर्षमा पुगेको बताइएको भएपनि सार्वजनिक भने गरिएको छैन् ।