काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ता त्रिवि सभा सदस्यमा मनोनित

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालय सभा तथा कार्यकारी परिषद्को सदस्यमा चन्द्रागिरि नगरपालिका-१० सतुगंलस्थित काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख तथा नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुध्नप्रसाद गुप्ता मनोनित भएका छन्।

त्रिवि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता क्याम्पस गुप्तासहित अन्य ४ पदाधिकारीहरूलाई त्रिवि सभा सदस्यमा मनोनीत गरेका हुन् ।

जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वरका प्रमुख भाेलानाथ ओझा, जनभावना क्याम्पस ललितपुरका प्रमुख शिवराज सन्जेल र जनप्रिय क्याम्पस पोखराका प्रमुख लाेकराज भणडारीपनि त्रिवि सभा सदस्यमा मनोनित भएका छन् ।

विश्वविद्यालय ऐन २०४९ अनुसार नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष सो सभाको पदेन सदस्य हुने व्यवस्था रहेको छ ।
त्रिवि सभा सदस्यहरूको कार्यकाल ३ वर्षको रहनेछ ।

त्रिवि सभा सदस्यमा विश्व विद्यालयलाई मार्गदर्शन गर्न, नीति निर्धारण गर्न, विश्वविद्यालयअन्तर्गतका कुनै निकाय वा पदाधिकारीलाई आवश्यक निर्देशन दिने, विर्षिक बजेट र कार्यक्रम स्वीकृत गर्ने, दीर्घकालीन योजना स्वीकृत गर्न, विश्वविद्यालयसम्बन्धी नियम पारित गर्ने, आवश्यकता अनुसार विशेष समिति र आयोग गठन गर्न लगायतका जिम्मेवारी त्रिवि सभा सदस्यले प्राप्त गर्दछन् ।

यसपटक पब्लिक क्याम्पस संघका चार जना पदाधिकारीले सो अवसर पाएका छन् ।

हाल त्रिविले सम्बन्धन प्राप्त क्याम्पस मर्जरको नीति अघि ल्याइरहँदा सामुदायिक क्याम्पसहरूका प्रतिनिधिहरूको त्रिवि सभामा भएको उपस्थितिले पब्लिक क्याम्पसहरूको समस्या समाधानमा सहयोग पुग्ने विश्वास नेपाल पब्लिक क्याम्पस संघले लिएको अध्यक्ष गुप्ताले बताए ।

प्रधानमन्त्री दाहालको उपस्थितिमा असार १२ गते मंगलबार त्रिविको ६४औं सभा बस्दैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *