सुनको मूल्यमा बढोत्तरी, तोलामा १२ सय रुपैयाँले बढ्यो

थानकोट ।
सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
बिहीबार ९८ हजार रुपैयाँमा छापावाल र ९७ हजार पाँच सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने बिहीबार जस्तै प्रति तोला १३ सय २० रुपैयाँमा स्थिर छ ।