काठमाडौंमा दादुराको जस्तै लक्षण देखिने बिरामी ६५ जना

Thankot Times

थानकोट ।

तीन दिनअघि काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा चार जना बालबालिकामा दादुरा संङ्क्रमण देखिएपछि दादुराको ब्रेकआउट भएको थियो ।

गोकर्णेश्वर नगरपालिका–९ जोभो कदम्पा विद्यालयका ४ चार जना बालबालिकामा दादुरा संङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

यसैबीच, कोरोना भाइरसभन्दा पनि तीव्र गतिमा फैलिने दादुराको जस्तो लक्षण ६५ जनामा देखिएको परिवार कल्याण महाशाखाले जनाएको छ । तीन दिनअघि दादुराको जस्तै लक्षण देखिने दर ५२ जना  थियो ।
>दादुराको लक्षण देखिने बिरामीको ८ वर्षदेखि ३८ वर्षसम्म रहेको पाइएको छ । हाल दुई जनालाई अस्पताल भर्ना गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *