चन्द्रागिरि नगरमा भेटियो बर्ड फ्लु, १ हजार ३ सय वटा कुखुरा नष्ट
थानकोट ।
चन्द्रागिरि नगरपालिकाको एक कुखुरा फार्ममा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ ।
वडा नं १२ स्थित एक कुखुरा फर्ममा बर्ड फ्लु संक्रमणका कारण १ हजार ३ सय वटा कुखुरा मरेको फर्मका सञ्चालकले जानकारी दिएका छन् ।
कुखुरामा बर्ड फ्लु संक्रमण भएको पुष्टी भएपछि सो फार्ममा रहेका अण्डा, दाना, तथा मरेका कुखुरा नष्ट गरिएको वडा सदस्य प्रदिप अधिकारीले जानकारी दिनुभयो ।