मंगलोदय माविमा लागु पदार्थ तथा साइबर क्राइम न्यूनिकरण तालिम
थानकोट ।
सामाजिक समस्याका रुपमा रहेको लागूपदार्थ न्यूनीकरणमा विद्यार्थीहरूले नै अभियान चलाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । जिल्ला युवा समिति काठमाडौंको आयोजनामा थानकोटमा ‘लागू पदार्थ तथा साइबर क्राइम न्यूनीकरण’ विषयक तालिममा सहभागीहरुले दिनहुँ बढ्दै गएको साइबर अपराधलाइ जोगाउन विभिन्न घटनाहरुबारे उजागर गर्दै सचेत गराउनुपर्ने बताएका हुन् ।
लागूपदार्थ साइबर क्राइम विरुद्वको तालिममा थानकोट प्रहरी वृत्तका प्रमुख नारायणप्रसाद अधिकारीले लागूपदार्थ न्यूनिकरणमा विद्यार्थीहरुले नै अभियान चलाउन पर्ने बताए ।
मङ्गलोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक कविन्द्र गोपालीले विद्यार्थीहरु लागुपदार्थ ओसापसारको माध्यम हुन् सक्ने भएकोले पैसाको प्रलोभनमा नपर्न विद्यार्थीहरूलाई सुझाव दिए । चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले नगरपालिकाले बालबालिकाको क्षेत्रमा काम गर्दै आएको र अब आगामी बजेट हरुमा युवा मैत्री कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गरिन् ।
बागमती प्रदेश सभा सदस्य रमा आले मगरले युवा लक्षित कार्यक्रम गर्न प्रदेश सरकारलाई अनुरोध गरे अनुरूप यो कार्यक्रम सञ्चालनमा ल्याउन सकेकोले यस्ता जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्न सरकारलाई अनुरोध गर्ने बताइन् ।
जिल्ला युवा समिति काठमाडौंका अध्यक्ष रूपा थापा मगरले लागुपदार्थ सेवन नगर्न र अरुलाई पनि यसको सिकार हुन नदिन आफुले सिकेको कुरा फैलाउने र साइवर क्राइम न्यूनिकरणमा सबै लाग्नु नितान्त आवश्यकता रहेको बताइन् ।