ढुङ्गेअड्डा पिपलबोटबाट समातिए १४ दिनको छोराको हत्या आरोपित बुबा
थानकोट ।
शिशुको हत्या गरी फरार रहेका आरोपित बुबा पक्राउ परेका छन्।
बारामा शिशु हत्याको अभियोगमा बारा देवताल गाउँपालिका-४ तिप्रडी टोल बस्ने २५ वर्षीय नुर आलम अन्सारीलाई पक्राउ गरेको
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
उनलाई प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डा पिपलबोटबाट मंगलबार साँझ साढे ५ बजे पक्राउ गरेको हो।
अन्सारीले जेठ १४ गते बेलुका आफ्नै १४ दिनको छोराको हत्या गरेको आरोप छ।
उनलाई पक्राउ गरिदिन जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले उनलाई बारा पठाएको छ।