थानकोटमा सुरू भयो विशाल पैदल यात्रा, करिब ६ सय जनाको सहभागिता

Thankot Times

थानकोट।

‘हिँडाैं र स्वस्थ रहाैं’ भन्ने नाराका साथ थानकोटमा आज बृहत् पदयात्रा आयोजना गरिएको छ।

स्थानीय साझाघरबाट बिहान ५ बजे पैदल यात्रामा सहभागी हुनेहरू गन्तव्यतर्फ लागेका छन् । 

चन्द्रागिरि नगरपालिका-४ सँगको सहकार्यमा चन्द्रागिरि हाइकर कम्युनीटीको संयोजनमा आयोजना भएको सो पैदल यात्रामा करिब ६ सय जनाले सहभागिता जनाइरहेको बताइएको छ ।

स्थानीय पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरू भएको बृहत पैदलयात्रा गोदाम-पानीघाट-मयल चाैतारा-चन्द्रागिरि भञ्ज्याङ-भालेश्वर मन्दिरहुँदै महालक्ष्मी चाैरमा पुगी सकिनेछ ।

पैदल यात्रा शुभारम्भका अवसरमा चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठ, प्रवक्ता एवं वडाध्यक्ष कृष्ण प्रसाद खड्गी, वडाध्यक्ष घनश्याम लुँइटेल लगायत अन्य जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई परिश्रमी साकाेस, चुनदेवी खानेपानी समिति, थानकोट खानेपानी समिति, थानकोट जेसिस लगायतका संघसंस्थाले पनि सहयोग गरेको आयाेजक संस्थाले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *