चन्द्रागिरि नगरपालिकाका विभिन्न ४ वटा सामुदायिक विद्यालयमा शिक्षक तथा कर्मचारी माग

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकाका विभिन्न विद्यालयहरूले शिक्षक तथा कर्मचारी माग गरेका छन्। 

खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने गरी चन्द्रागिरि नगरपालिका-२ चिसापानीस्थित चण्डी भैरव माविले विद्यालय सहायक कर्मचारी लेखापाल माग गर्दै सूचना प्रकाशित गरेको छ । जुन पदका लागि जेठ १५ गतेसम्म आवेदन पेश गर्न सकिनेछ । 

चन्द्रागिरिको एक सरकारी विद्यालयले माग्यो लेखापाल, तलब नेपाल सरकारको नियमानुसार

यसैगरी चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँस्थित नायारण जन माध्यमिक विद्यालयले बालविकास सहयोगी आया माग गरेको छ । जुन पदमा जेठ १५ गतेभित्र आवेदन पेश गर्न सकिने विद्यालयले जनाएको छ । 

यसैगरी खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने गरी चन्द्रागिरि नगरपालिका-११ सतुगंलस्थित  विष्णुदेवी शिक्षा सदन माविले कम्प्युटर विज्ञान शिक्षण शिक्षक माग गरेको छ । सो पदमा पनि जेठ १५ गतेभित्र दरखास्त दिन सक्ने प्रधानाध्यापक बसन्तराज खत्रीले जानकारी दिनुभयो । 

विष्णुदेवी शिक्षा सदनमा कम्प्युटर विज्ञान शिक्षण शिक्षकको माग, तलब चन्द्रागिरि नगरको नियमानुसार

त्यस्तै चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित बलम्बु माध्यमिक विद्यालयले दुई जना शिक्षक तथा कर्मचारी माग गरेको छ । विद्यालयले आधारभूत तह शिक्षक र बाल विकास शिक्षाका लागि सहयोगी (आया)  माग गरेको हो । यी पदमा पनि जेठ १५ गतेभित्र दरखास्त दिन सक्ने प्रधानाध्यापक सुमन राउतले जानकारी दिनुभयो । 

बलम्बु माविमा आधारभूत तह शिक्षक तथा बाल विकास कक्षा सहयोगीको आवश्यकता


Leave a Reply

Your email address will not be published. Required fields are marked *