जेठ २० गते प्राथमिक अस्पताल थानकोटमा पाठेघर क्यान्सरको स्क्रिनिङ शिविर सञ्चालन हुँदै
थानकोट ।
जेठ २० गते शनिबार चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा पाठेघर क्यान्सरको स्क्रिनिङ शिविर सञ्चालन हुने भएको छ ।
सिद्धार्थ बैंकको प्रायोजन तथा नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालन हुने सो शिविरमा ३० देखी ४९ वर्ष उमेर समुहका महिलाहरूको निःशुल्क पाठेघर क्यान्सरको स्किनिङ हुने जनाइएको छ ।
सो कार्यक्रममा करिब १ सय ५० जनासम्म महिलाहरूले सेवा लिन सक्ने चन्द्रागिरि वडन नंं ४ को कार्यालयले जनाएको छ । शिविर बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म सञ्चालन हुने बताइएको छ ।