वाडभञ्ज्याङमा जेठ १४ गते आँखा शिविर संचालन हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ वाडभञ्जाङमा जेठ १४ गते आइतबार आँखा शिविर संचालन हुने भएको छ।
वाडभञ्ज्याङ स्वास्थ्य चाैकीमा हुने सो शिविरमा आँखा जाँच तथा मोतीबिन्दुको चेकजाँच हुने वडाध्यक्ष भाईकृष्ण तामाङले जानकारी दिनुभयो ।
वडा कार्यालयको आयोजनामा सञ्चालन हुने सो शिविर वागवच्छला बहुउद्देश्यीय सहकारी र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हुन लागेको हो ।