हेटाैंडामा पुगेर नेपाल पब्लिक क्याम्पस संघले बुझायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र

Thankot Times

थानकोट ।

सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई ज्ञापन पत्र बुझाएको छ ।

संघका अध्यक्ष एवं काठमाडाैं शिक्षा क्याम्पस सतुगंलका प्रमुख शत्रुध्नप्रसाद गुप्ताको नेतृत्वमा हेटाैंडा पुगेको सरोकारवालाहरूको टोलीले आइतबार मुख्यमन्त्री जम्मकट्टेल, बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, आर्थिक मामिला मन्त्री बहादुर सिंह लामालाई ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्र बुझाउने क्रममा प्रदेश सरकारको नीति तथा कार्यक्रममा सामुदायिक क्याम्पसकाे तर्फबाट समेटिनु पर्ने विषयवस्तु तथा आगामी बजेटमा सामुदायिक कयामपसलाई चालू खर्च उपलब्ध गराउने विषयका बारेमा गहन छलफल गरिएको नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

सो क्रममा बागमती प्रदेश सभा सदस्य रमा आलेमगर तथा दिपक कुँईकेल, संघका निवर्तमान अध्यक्ष शिवराज सन्जेल, पूर्व अध्यक्ष एवंम् संघका सल्लाकारहरू चिरन्जिवी श्रेष्ठ, भाेलानाथ ओझा, धनलाल महर्जन, रबिन्स शर्मा, महासचिव गाेबिन्द बहादुर कार्की, काेषाध्यक्ष राजन मिश्र, बागमती प्रदेश अध्यक्ष शैलेन्द्र कुँईकेल, पूर्व महासचिव कृष्ण न्याैपाने, सदस्यहरू नारायण पाैडेल, भुमिदत्त पाैडेल, वसन्त कुमार पाैडेल, नवराज शर्मा, अर्पण पराजुली, डा. शान्त राम शर्मा, भुपेन्द्र काेइराला, देव मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका पदाधिकारीहरूसँगको भेटका क्रममा मुख्य मन्त्री जम्मकट्टेलले सामुदायिक क्याम्पसहरूका समस्या एवं आवश्यकता सम्बोधनका लागि सदैव सकरात्मक रहेको प्रतिकृया दिनुहुँदै प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा यी विषयले प्राथमकिता पाउने बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *