चन्द्रागिरिको एक सरकारी विद्यालयले माग्यो लेखापाल, तलब नेपाल सरकारको नियमानुसार

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङस्थित एक सरकारी विद्यालयले लेखापाल माग गरेको छ । 

खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने गरी चिसापानीस्थित चण्डी भैरव माविले विद्यालय सहायक कर्मचारी लेखापाल माग गर्दै सूचना प्रकाशित गरेको हो ।

सो पदमा कम्प्युटर सञ्चालनसम्बन्धी ज्ञान भएका व्यवस्थापन संकायमा कम्तीमा १० जोड २ तह उत्तीर्ण व्यक्तिले सो पदमा दरखास्त पेश गर्न सक्ने विद्यालयले जनाएको छ ।
उक्त दरखास्तमा आवेदन दिन जेठ १५ गतेसम्मको समय सीमा निर्धारण गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *