अबदेखि सार्वजनिक तथा सामुदायिक अस्पतालमा ओपीडी सेवा बिहान ८ देखि बेलुका ८ बजेसम्म

Thankot Times

थानकोट । 

सार्वजनिक तथा सामुदायिक अस्पतालमा अबदेखि ओपीडी सेवा बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजानिक गर्दै सामुदायिक अस्पतालमा १२ घन्टा ओपीडी सञ्चालन गर्ने जनाएको हो ।

त्यसैगरी स्वास्थ्य बीमा कार्यक्रमलाई पनि पुनरावलोकन गर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेपछि सरकारले बीमालाई थप व्यवस्थित गर्न पुनरावलोकन गर्न लागेको हो ।

यस्तै दुर्गम जिल्लामा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलार्य थप व्यवस्थित गरिने, जेष्ठ नागरिकलाइ स्वास्थ्य तथा अन्य सेवा सुविधामा सहुलियत तथा छुट दिइने र  जेष्ठ नागरिक स्वास्थ्य सेवा सुरु भएका अस्पतालहरुलाई थप व्यवस्थित गरिने नीति तथा कार्यक्रम समेटिएको छ । जुन यसअघिका नीति तथा कार्यक्रम पनि समेटिदै आएको विषय हो ।

यसैगरी सरकारले चिकित्सा शिक्षा सम्बन्धी प्रतिष्ठानहरुलाई एकीकृत छाता ऐन अन्तर्गत सञ्चालन गर्ने नीति लिएको छ । चिकित्सा शिक्षालाई एकीकृत र योजनाबद्ध रुपमा विस्तार गर्न यस्तो नीति लिएको हो ।

एकीकृत छाता ऐन बनाउनसो सम्बन्धी विधेयक संसदको यसै अधिवेशनमा पेस गरिने राष्ट्रपतिले पौडेलले बताए । सरकारले एकीकृत प्रतिष्ठान अन्तर्गत सबै प्रदेशमा मेडिकल कलेज स्थापना गरिने प्रदेश र क्षेत्रीय अस्पतालहरुको स्तरउन्नती गरी शिक्षण अस्पतालको रुपमा विकास गरिने सरकारको नीति रहेको छ ।

सबै संघीय अस्पताल र निजामती अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने सरकारले नीति लिएको छ ।

त्यसैगरी  गेटा मेडिकल कलेजलाई सरकारले यही वर्षदेखि सञ्चालनमा ल्याएको भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *