आफ्नै भवनमा सर्यो चन्द्रागिरि नगरपालिका वडा नं. ११ को कार्यालय

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नंं ११ सतुगंलको कार्यालय आफ्नै भवनमा सरेको छ ।

१९ फागुन २०७८ बाट निर्माण सुरू भएको सो वडाको कार्यालय भवन निर्माण सम्पन्न भएसँगै बिहीबारबाट कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्न सुरू गरेको हो ।

करिब २ करोड रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो भवन हालसम्म चन्द्रागिरि नगरकै सबैभन्दा ठूलो वडा भवन हो । यसअघि वडा कार्यालय भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो ।

स्थानीय निकाय गठन भएको ६ वर्ष बितिसक्दा चन्द्रागिरि नगरपालिकाका १५ वटा वडाहरू मध्ये वडा नंं ५ महादेवस्थान र ७ महादेवस्थान भने अझै भाडाको घरबाट नै सञ्चालन भइरहेका छन् ।

चन्द्रागिरि वडा नंं ११ को कार्यालय भवन निर्माण चैत्र मसान्तभित्र सक्ने लक्ष्य


Leave a Reply

Your email address will not be published. Required fields are marked *