भूमिगत तार व्यवस्थापनको कार्य जारी रहँदा थानकोट-कलंकी सडक खण्डमा सवारी चाप
थानकोट ।
संघीय राजधानी काठमाडाैंसँग मोफसलको सडक सम्पर्क स्थापित गर्ने मुल नाका नागढुङ्गा-कलंकी सडक खण्ड अन्तर्गत थानकोट-कलंकी खण्ड पछिल्लो समय अस्तव्यस्त बनेको छ ।
थानकोटबाट कलंकी तर्फ सडकको दायाँ किनारमा विद्युतको तार भूमिगत गर्ने कार्य जारी रहँदा सो क्षेत्रमा यातायात आवागमन तथा पैदल यात्रीहरूले हैरानी खेप्न परेको छ ।
सो सडक खण्डको ढुङ्गेअड्डाबाट चेकपोष्टसम्म एकसाथ भूमिगत रूपमा विद्युतीय तार व्यवस्थापनको कार्य हुँदा पैदल यात्रीले थप सास्ती पाएका छन् ।
नैकाप, सतुंगल, गर्जुधारा लगायतका साँघुरा सडक भएका क्षेत्रमा विद्युत प्राधिकरणका तार, पाइप तथा मेसिनरी औजारका कारण पैदल यात्रीले सास्ती मात्रै पाएका छैनन् सवारी साधनमा सञ्चालनमा समेत उल्झन देखिएको छ ।
जसका कारण दुर्घटना बढिरहेको छ भने सवारी साधनले घण्टाै जाममा फस्नुपरेको छ ।
काठमाडाैं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले भने उपलब्ध भएसम्मको सुरक्षा सतर्कता अपनाइ यथासक्य निर्माण कार्य सम्पन्न गर्न प्रयास जारी राखेको जनाएको छ।