आज सतुगंलमा महिला स्वास्थ्य शिविर, तीनथानामा रक्तदान शिविर, मच्छेगाउँमा दन्तरोग शिविर

Thankot Times

थानकोट ।

आज शनिबार चन्द्रागिरि नगरका विभिन्न वडाहरूमा स्वास्थ्य शिविर तथा रक्तदान शिविर सञ्चालन हुँदैछन् ।

चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँस्थित नारायणजन मावि प्राङ्गणमा निःशुल्क दन्तरोग शिविर सञ्चालन हुँदैछ ।

चन्द्रागिर नगरपालिका एवं वडा कार्यालयको आयोजना एवं ओम समाज डेन्टल अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुने सो शिविरमा दन्त परीक्षण, दाँत मुख सम्बन्धी परामर्श, दाँत सफा गर्ने तथा दाँत सम्बन्धी अन्य उपचार हुने चन्द्रागिरि ९ का वडाध्यक्ष अच्यूत अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी चन्द्रागिरि नगरपालिका १० सतुंगलमा शुक्रबारबाट सुरू भएको महिला स्वास्थ्य शिविर आज पनि जारी रहने बताइएको छ । वडा नं. १० को कार्यालयको आयोजनामा सतुगंल स्वास्थ्य चाैकी र शहरी स्वास्थ्य केन्द्रको व्यवस्थापनमा सञ्चालित सो शिविरमा नहुदा संस्था ललितपुरले प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

वडाध्यक्ष शिवकुमार महर्जनका अनुसार हिजो शुक्रबार बोसीगाउँमा सञ्चालित सो शिविर आज सतुगंलस्थित हाई न्यू भिजन विद्यालयको प्राङ्गणमा सञ्चालन हुनेछ । जहाँ मुलतः महिला स्वास्थ्यसँग सम्बन्धित चेकजाँच, परामर्श एवं औषधी वितरण हुनेछ ।

यस्तै आज चन्द्रागिरि नगरपालिका १५ तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रमा रक्तदान शिविरि सञ्चालन हुने भएको छ । लायन्स क्लब अफ काठमाडाैं यूनिटी सर्कल, विष्णुदेवी युथ क्लब र विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजको संयुक्त तत्ववधानमा सञ्चालन हुने सो शिविर बिहान ९ बजेबाट सुरू हुने बताइएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *