चन्द्रागिरि नगरपालिका-१५ तीनथानामा आज निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानाको आयोजनामा आज शनिबार निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

माट्रिका आई सेन्टरको प्राविधिक सहयोगमा तीनथानास्थित वडा कार्यालय हातामा नि:शुल्क आँखा शिविर हुन लागेको हो।

सो शिविर बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म सञ्चालन हुने नगरका सामाजिक विकास संयोजक एवं वडाध्यक्ष घनश्याम लुँइटेलले जानकारी दिनुभयो ।
शिविरका क्रममा निःशुल्क आँखा जाँच, औषधी वितर एवं मोतिबिन्दुको शल्यक्रिया समेत हुने जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *