कक्षा १२ को परीक्षा केन्द्र तोकियो, चन्द्रागिरिका कुन विद्यालयको कहाँ पर्यो परीक्षा केन्द्र हेर्नुहोस् सूची

Thankot Times

थानकोट । 

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० साल वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । बोर्डको बैशाख १२ गते मंगलबारको निर्णयानुसार परीक्षा केन्द्र सार्वजनिक भएको हो । 

कार्यालयले सार्वजनिक गरेको सूची अनुसार देशभर एक हजार ४५३ परीक्षा केन्द्र रहनेछन्। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार विद्यार्थीहरुको उत्तरपुस्तिका दुर्गम जिल्लाका परीक्षा केन्द्रहरुमा पुगिसकेको छ।

कोभिडको कारण बोर्डले शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको छ। परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ।

यसैबीच चन्द्रागिरि नगरका ८ वटा विद्यालयको परीक्षा केन्द्र चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टस्थित प्रभात मा.वि.मा निर्धारण गरिएको छ । जहाँ काठमाडाैं शिक्षा क्याम्पस, मंगलोदय मा.वि., मंगलोदय बहुमुखी क्याम्पस, भिम मा.वि., ब्राइट फ्युचर मा.वि. जेसिस मा.वि., वेष्ट पोइन्ट मा.वि. र विष्णुदेवी शिक्षा सदन मा.वि.को परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

यसैगरी एलआई मा.वि. परीक्षा केन्द्र कलंकीस्थानमा परीक्षा केन्द्रमा चन्द्रागिरि नगरका विद्यामन्दिर मा.वि., प्रभात मा.वि. र बलम्बु मा.वि.को परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

कंकाली मा.वि.का परीक्षार्थीहरूका लागि जनपथ मा.वि. कलंकी परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *