स्थानीय निर्वाचनः चन्द्रागिरिका अधिकांश वडाध्यक्षहरूको दोहोरिने इच्छा
थानकोट ।
स्थानीय तहको निर्वाचनमा चन्द्रागिरिका अधिकांश वडाध्यक्षहरूले दोहोरिने इच्छा देखाएका छन् । आइतबार चन्द्रागिरि नगर कार्यपालिकाको कार्यालयमा बहालवाला जनप्रतिनिधिहरू दोहोरिने इच्छासहित राजीनामा बुझाउन व्यस्त देखिन्थे ।
वैशाख ३० को स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहनेले पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगले यसअघि नै जनाइसकेको छ । चन्द्रागिरि नगरपालिकाकी कर्मचारी सिता कुमारी कार्कीका अनुसार राजीनामा दिने जनप्रतिनिधिहरूको सूची बनाउने क्रम जारी रहेकोले के कति राजीनामा प्राप्त भयो यकिन गर्न बाँकी रहेको बताउनुभयो । राजीनामा पत्र बुझाउँदै चन्द्रागिरि १ का वडाध्यक्ष राजेन्द्र केसीले आफु पुनः वडाध्यक्षमा दोहोरिन लागेकोले राजीनामा पेश गर्न आएको बताउनुभयो ।
निर्वाचन आयोगले ११ र १२ वैशाख (आज र भोलि)का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको छ ।
📢 थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।