थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमितको मृत्यु
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै सक्रिय संक्रमितको संख्या ३७९ पुगेका छन् । पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् ।