चन्द्रागिरि नगरमा छोरी बुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम, १० विषयमा छात्रवृत्ति दिइने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले छोरी बुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नगरको छात्रवृत्ति व्यवस्थापन समितिको बैठकले नगर क्षेत्रमा स्थायी बसोबास गरिरहेका छोरी बुहारीलाई विभिन्न १० विषयमा छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।
अपाङ्गता भएका, गरिब घर परिवार भएका, सिमान्तकृत तथा लोपोन्मुख समुदायका, दलित परिवारका, जनजाति समुदायका महिलाहरूले स्वास्थ्य, कृषि, वनविज्ञान, इन्जिनियरिङ, सूचना प्रविधि, विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा विषयमा स्नातक, स्नातकोत्तर, दर्शनाचार्य (एमफिल), विद्यावारिधि तह तथा विविध विषयमा अनुसन्धानमा संलग्न छोरी बुहारी सो छात्रवृत्ति कार्यक्रममा लागि योग्य हुने नगरपालिकाले जनाएको छ।
सो कार्यक्रममा सहभागिताका लागि चन्द्रागिरि नगरपालिकामा स्थायी बसोबास भएको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित कागजात, मान्यता प्राप्त शिक्षण संस्थाबाट प्राप्त शैक्षिक योग्यताको प्रमाणित कागजात, हाल नियमित रुपमा अध्ययन गरेको शिक्षण संस्थाबाट नीज विद्यार्थीले अन्य कुनै किसिमको छात्रवृत्ति नलिएको र नियमित विद्यार्थी रहेको भनी उल्लेख गरेको सक्कलै पत्र तथा समावेशी वर्ग खुलेको परिचय पत्र प्रस्तुत गर्नुपर्ने चन्द्रागिरि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।
Mo bachelor clear garna sakena