नगरक्षेत्रमा आयोजना हुने रक्तदान कार्यक्रमलाई चन्द्रागिरि नगरले आर्थिक सहायता उपलब्ध गराउने
थानकोट ।
नगर क्षेत्रमा आयोजना हुने रक्तदान कार्यक्रमलाई चन्द्रागिरि नगरपालिकाले आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
नगरपालिका क्षेत्रभित्र आयोजना हुने रक्तदान शिविर कार्यक्रमका आयोजकलाई नगरपालिकाले प्रति रक्तदाता दुई सय रूपैयाँका दरले सहायता उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
सो सहायता लिन आयोजकले नगरपालिकाको स्वास्थ्य शाखामा पूर्व जानकारी गराई सम्बन्धित वडाको सिफारिस लिनुपर्नेछ भने नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्त सञ्चार सेवाबाट समेत सिफारिस लिनुपर्नेछ ।
साथै, नगरपालिकाले चन्द्रागिरि नगरका स्थायी बासिन्दाका लागि कारणबस रगत खरिद गर्न परेमा स्थायी बसोबासको प्रमाण पेश गरी नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्त सञ्चार सेवाबाट निःशुल्क रगत प्राप्त गर्न सक्ने जनाएको छ ।