चन्द्रागिरिमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
थानकोट ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चन्द्रागिरि नगरपालिकामा निर्वाचन अधिकृत कार्यालयले बिहीबारबाट कार्य सुरू गरेको छ ।
नगरप्रमुख घनश्याम गिरी, महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक डिल्लीजंग पाण्डे, चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पाैडेल लगायतको उपस्थितिमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उपसचिव सिर्जना थपलियालाई निर्वाचन अधिकृतमा खटाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले वैशाख ११ गतेसम्म व्यवस्थापकीय कार्य गर्ने निर्वाचन आयोगले जनाएको छ । वैशाख ११ गतेबाट निर्वाचन कार्यक्रम सुरू हुनेछ ।
निर्वाचन अधिकृत सिर्जना थपलिया
थानकोट टाइम्ससँग कुरा गर्दै निर्वाचन अधिकृत थपलियाले चन्द्रागिरि नगर क्षेत्रभित्र हुने निर्वाचनसँग सम्बन्धित सबै कार्यहरू यहि कार्यालबाट सम्पादन हुने बताउनुभयो । बिहीबार नै निर्वाचन अधिकृत सहितको टोलीले चन्द्रागिरि नगरका मतदान केन्द्रहरूको स्थलगत निरिक्षण गर्नेछ ।