नेपाल विश्वकप क्रिकेटको छनोट चरणका लागि छनोट (फोटो फिचर)
थानकोट ।
विश्व क्रिकेट लिग-२क्रिकेटको अन्तिम खेलमा यूएईविरुद्ध जित निकाल्दै नेपाल सोझै एक दिवसीय विश्वकप छनोटमा प्रवेश गरेको छ।
लिग -२ को शीर्ष ३ मा स्थान बनाउँदै नेपालले ग्लोबल छनोटका लागि जिम्बावेको टिकट पक्का गरेको हो। ३ सय ११ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकियो। त्यसपछि नेपाल डिएल मेथडका आधारमा ९ रनले विजयी भएको हो।
नेपालका लागि चार खेलाडीले अर्धशतक प्रहार गरे। भीम सार्कीले सर्वाधिक ६७, आरिफ शेखले ५२ र कुशल भूर्तेलले ५० रन बनाउँदा गुल्सन झा ५० रनमा अविजित रहे।
सबै तस्बिरः क्यान
कप्तान रोहित पौडेल १६, कुशल मल्ल ५ रन बनाएर आउट हुँदा आसिफ शेख शून्य रनमा पेभिलियन फर्किए। दीपेन्द्रसिंह ऐरी १० रनमा नटआउट रहे। यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो।
युएईका लागि आसिफ खानले ४२ बलमा ११ छक्का र ४ चौकाको मद्दतमा नटआउट १ सय १ रनको महत्वपूर्ण पारी खेले। भ्रित्या अरविन्दले ९४, कप्तान मोहम्मद वासिमले ६३ रनको योगदान गरेका थिए।