एसइइको रजिष्ट्रेसन फारम खुल्यो, विद्यार्थीको विवरण राम्रोसँग जाँच गर्न पनिकाको निर्देशन

Thankot Times

थानकोट ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुला गरेको छ ।

कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भर्न-भराउन अनुरोध गरेको छ ।

पनिकाले भनेको छ ‘विद्यालयहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नाम, थर, जन्ममिति, आमा, बाबुको नाम ठीकसँग भरे/नभरेको रुजु गर्ने, गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्ने ।’

धेरै विद्यार्थीहरु शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति, आमा, बाबुको नाम गलत भएको भन्दै सच्याउन आउने गरेकाले अगाडि नै सचेत गराएको बोर्डले जनाएको छ ।

शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत संस्कृत/वेदविद्याश्रम/गुरुकुल/मदर्सा/गोन्पा) र प्रविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले २०८० सालको नियमित माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी हुनको लागि फारम भर्नुपर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *