एशियन हाइड्रोको आईपिओ ६९ हजार ७ सय जना आवेदकले पाए शेयर

थानकोट।
एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार कम्पनीको आइपियोमा कुल १४ लाख ३२ हजार २ सय २२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ६ हजार ५ सय २ जनाको आवेदन रद्द भएको र १४ लाख २५ हजार ७ सय २० जना आवेदक मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।
मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो। गोलाप्रथा मार्फत ६९ हजार ७ सय २० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।
आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुनेछ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने बताइएको छ। जस अनुसार बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट , सिडीएससीको मेरोशेयरको वेबसाइट सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटबाट हेर्न सकिनेछ ।
कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ कार्तिक १५ देखि व्यापारिक उत्पादन गरिरहेको छ ।