सुनको मूल्यमा सामान्य गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा एक लाख तीन हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको हो । 

यस्तै, तेजावी सुन मंगलबार १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ।  सोमबार तोलामा १२९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *