कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त

Thankot Times

थानकोट ।

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् ।

चारवर्षे कार्यकालको लागि गुरुङको नियुक्ति भएको हो । कृषि विकास बैंकको सञ्चालक समितिले खुला प्रतिस्पर्धाबाट गुरुङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

थानकोट। 

हिमालयन बैंकबाट बैंकिङ करिअर सुरु गरेका गुरुङको सिभिल बैंकमा सीईओको रुपमा काम गरेको अनुभव छ ।

उनले ग्लोबल आईएमई तथा मेगा बैंकमा समेत काम गरेका छन् । सिभिल बैंक छाडेपछि गुरुङ म्यानमारको बैंकमा सीईओ भएर काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *