सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढ्यो

थानकोट ।
कारोबार हुने साताको पहिलो दिन आज सुनको भाउ बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज सात सय रुपैयाँले बढेर तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा पुगेको छ ।
अस्ति सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा झरेको थियो । आज चाँदीको भाउ पनि बढेको छ ।
तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।