आजबाट मोलुङ्ग हाइड्रोपावरको आइपिओ खुल्यो, फाल्गुन १० गतेसम्म आवेदन दिन सकिने

Thankot Times

थानकोट । 

मोलुङ्ग हाइड्रोपावर कम्पनीले आजदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारका लागि गएका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो। 

जसमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ। 

यस्तै, २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि छुट्याएको कम्पनीले बताएको छ। सर्वसाधारणका लागि भने कम्पनीले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर वितरण गरेको हो। 

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ। 

उक्त आइपिओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि फागुन १८ गतेसम्म लम्बिने कम्पनीको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *