एमालेका तर्फबाट पोखरामा मेयरका उम्मेदवारका लागि आज मतदान हुँदै, उम्मेदवारी दस्तुर तीन हजार

Thankot Times

थानकोट, बैशाख २ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकामा सर्वसम्मत निर्णय हुन नसकेपछि चुनावबाट उम्मेदवार छान्ने भएको छ ।

लगातार छलफल गर्दा पनि सहमति नभएपछि एमालेले पोखराको मेयर र उपमेयर उम्मेदवार छान्न आज निर्वाचन गर्ने भएको हो।

मेयर र उपमेयर उम्मेदवारमध्ये निर्वाचनमार्फत सबैभन्दा धेरै मत ल्याउने एक जना महिलासहित तीन/तीन जनाको नाम सिफारिस गर्ने एमाले कास्कीले जनाएको सेतोपाटी अनलाइनमा खबर छ ।

एमाले पोखरा महानगर कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज मध्यान्ह १२ बजे पार्टी कार्यालयमा मतदान हुने भएको हो।

एमालेमा पोखराको मेयर बन्न १२ जना र उपमेयरमा ११ जनाले दाबी गरेका छन्।

निर्वाचनमा एमाले पोखरा महानगर कमिटीका पदाधिकारी र सदस्य गरी ११० जनाले मतदान गर्न पाउने जनाएको छ।

उम्मेदवारी दिँदा दस्तुर तीन हजार तोकिएको छ।

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ