१७औं किसिपिडी बुदोकै-दो राष्ट्रव्यापी फुलकन्ट्याक्ट च्याम्पियनसिपः प्रविन र अनिशा बने च्याम्पियन
थानकोट ।
चन्द्रागिरि नगरपालिका-५ मा सम्पन्न १७औँ किसिपिडी बुदोकै-दो राष्ट्रव्यापी फुलकन्ट्याक्ट च्याम्पियनसिपमा प्रविन लामा र अनिशा तामाङ च्याम्पियन भएका छन् ।
शनिबार सम्पन्न च्याम्पियनसिपको खुला तौल समूहमा महिला र पुरुषतर्फ क्रमशः काठमाडौंका लामा र तामाङले स्वर्णपदकसहित १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका हुन् ।
यसैगरी ६०, ५५ र ५० किलो तौल समूहमा पनि क्रमशः काठमाडौंकै नरेन्द्र महर्जन, सुजल महर्जन र राम शाहीले स्वर्ण जित्दा ४५ किलो तौलमा पनि काठमाडौंका शरण सुनुवारले स्वर्ण हात पारे ।
४० किलो तौलमा आयुष राईले स्वर्ण जित्दा ३५ किलो तौल समूहमा कञ्चनपुरको शुक्लाफाँटा बुदाेकै-दाे शाखाका बासुदेव खडायतले स्वर्ण जिते । ३० किलो तौलमा भने ललितपुरका विलुक्स मल्ल स्वर्ण जिते । २५ किलो तौलमा कञ्चनपुरका किरण भण्डारीले स्वर्ण हात पारे ।
यस्तै, महिला ५० र ४० किलो तौल समूहमा बझाङका उषा रावल र बिमला बोहराले स्वर्ण जितेका थिए ।
दुई दिनसम्म काठमाडौंमा भएको च्याम्पियनसिपमा देशका सातै प्रदेशका ३०० भन्दा धेरै महिला/पुरुष खेलाडीहरुले १२ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिता अवलोकन गर्न सांसद् कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद रमा आलेमगर, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ लगायतकाे उपस्थिति रहेकोे थियाे