चन्द्रागिरि साकोसको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

Thankot Times

थानकोट । 

चन्द्रागिरि साकोसले अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।

शनिबार सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा मुख्य र सदस्य सेवा केन्द्रका कर्मचारीहरु सम्मिलित उक्त गोष्ठीले २०७९ पौष मसान्तसम्मको संस्थाको वित्तीय तथा अन्य प्रगतिहरुको समीक्षा गरेको बताइएको छ ।

समीक्षा गोष्ठीमा संस्थाका लेखा तथा प्रशासन, ऋण, लघु वित्त, सूचना प्रविधि, विप्रेषण सेवा विभाग र सेवाकेन्द्रको प्रगति प्रतिवेदन, वार्षिक कार्यक्रम तथा बजेटको कार्यान्वयन स्तरको समीक्षा, संस्थाको अवाकस पुनरावलोकन गरी योजना पात्रोसहित आगामी रणनीति तय गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

समीक्षा गोष्ठीमा संस्थाका पदाधिकारीहरुले आ-आफ्नो सुझाव राख्नु भएको थियो भने प्रमुख कार्यकारीबाट मुख्य कार्यपत्र प्रस्तुत भएको संस्थाले जनाएको छ । 

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले चन्द्रागिरि नगरपालिका-७ स्थित मुख्य कार्यालय, चन्द्रागिरि नगरपालिका-१ दहचोक तथा ललितपुर खुमलटारस्थित सदस्य सेवा केन्द्रबाट वित्तिय सेवा प्रवाह गर्दै आएको छ ।

  


Leave a Reply

Your email address will not be published. Required fields are marked *