चन्द्रागिरि वडा नंं ११ को कार्यालय भवन निर्माण चैत्र मसान्तभित्र सक्ने लक्ष्य

Thankot Times

थानकोट । 

१९ फागुन २०७८ बाट करीब डेढ रोपनी क्षेत्रफलमा बनिरहेको चन्द्रागिरि वडा नं. ११ सतुंगलको कार्यालय भवनको बाहिरी संरचनाको निर्माण सम्पन्न भएको छ । 

करिब २ करोड रूपैयाँ लागतमा बाहिरी संरचना निर्माण सम्पन्न भएको सो वडा कार्यालय निर्माण सम्पन्न भएपश्चात क्षेत्रफलका आधारमा नगरको सबैभन्दा ठूलो वडा भवन हुने बताइएको छ । अहिले भवनको भित्री र बाहिरी सजावट लगायतको कार्य जारी छ ।

यसैबीच निर्माणाधीन वडा भवनको शुक्रबार नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरू नरेन्द्रराज श्रेष्ठ तथा घनश्याम लुँइटेल लगायतले निरीक्षण गर्नुभएको छ । सो क्रममा वडाध्यक्ष श्रेष्ठले भवनको हाता व्यवस्थित गर्नका लागि बजेट अपुग भएको विषय नगरप्रमुख र उपप्रमुखसमक्ष जानकारी गराउनुभएको बताइएको छ । 

सतुंगल नारायणवस्तीस्थित चन्द्रागिरि ११ को निर्माणाधीन वडा कार्यालय भवन अनुगमनका क्रममा नगरप्रमुख गिरीले वडा भवन बन्न बाँकी रहेका वडा नं. ५ र ७ मा पनि भवन निर्माणको कार्यले गति लिएको जानकारी दिनुभयो ।

वडा कार्यालयले चैत्र महिनाभित्र सबै संरचना निर्माण सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रदान गर्ने लक्ष्य दिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

हाल चन्द्रागिरि नगरपालिका वडा नं. ५ महादेवस्थान, वडा नं. महादेवस्थान ७ र वडा नं. ११ सतुंगलको कार्यालयले भाडाको घरबाट सेवा दिइरहेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *