आजदेखि खुल्यो एशियन हाइड्रोपावरको आईपीओ, फागुन २ गतेसम्म आवेदन दिन सकिने

Thankot Times

थानकोट । 

एशियन हाइड्रोपावर लिमिटेडले आज देखि आईपीओ निष्काशन गरेको छ।

कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८ सय  कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो। 

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन २ गते हुनेछ भने ढिलोमा फागुन १२ गते हुनेछ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *