नेकपा (एकीकृत समाजवादी) ले चन्द्रागिरिमा मेयर र उपमेयरको नाम टुंग्यायो (सूचीसहित)

Thankot Times

थानकोट, चैत्र ३० ।

आसन्न स्थानीय चुनावका लागि दलहरूले उम्मेदवार चयनको कार्यलाई तिव्रता दिएका छन् । चन्द्रागिरि नगरमा सत्ताघटक पाँच दलले यसअघि नै दोश्रो स्थानीय चुनावमा गठबन्धन बनाई मतदाता समक्ष जाने निर्णय गरेका छन् । अन्य दलहरूले पनि चुनाव लक्षित छलफल तथा भेटघाटलाई तिव्रता दिएको सम्बद्ध दलका नगर प्रतिनिधिहरूले थानकोट टाइम्सलाई जानकारी दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी) ले चन्द्रागिरि नगरमा आफ्नो दलका तर्फबाट नगर प्रमुख र उपप्रमुख पदमा उम्मेदवारको छनोट गरेको छ । बुधबार बसेको उक्त दलको बैठकले मेयर पदमा बागमती प्रदेश सदस्य चन्द्रागिरि ५ निवासी प्रल्हाद बहादुर कार्कीको नाम सिफारिस गरेको छ । कार्कीले गत स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका थिए ।

त्यस्तै, अखिल नेपाल महिला संघ चन्द्रागिरि नगर अध्यक्ष चन्द्रागिरि १४ नैकाप निवासी सुशीला न्याैपानेले पनि चन्द्रागिरि नगर प्रमुखमा आफ्नो दाबी पेश गरेको नेकपा (एकीकृत समाजवादी) चन्द्रागिरि नगर कमिटि अध्यक्ष भाइकृष्ण बलामीले थानकोट टाइम्सलाई जानकारी दिए । नगर उपप्रमुखमा चन्द्रागिरि ६ निवासी भाइकृष्ण बलामी सर्वसम्मत चयन भएको बताइएको छ ।

उक्त पार्टीले वडागत रूपमा उम्मेदवारहरूको चयन बैशाख २ र ३ गते लगाउने नेकपा (एकीकृत समाजवादी) स्रोतले जानकारी दियो ।

चन्द्रागिरिमा पाँच दलीय गठबन्धनको बैठक बैशाख २ गतेका लागि तय भएको छ ।

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ