सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आज आइतबार बहुमुल्य धातु सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार र आइतबार गरेर सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ तोकिएको छ ।

शुक्रबार सुनको मूल्य एक लाख ६ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ५ हजार ६ सय र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *