आँटा प्रतिकेजी २५ र मैदा प्रतिकेजी २० रुपैयाँ बढ्यो

Thankot Times

थानकोट । 

पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ ।

नेपाल खुुद्रा व्यापार संघका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपैयाँ र मैदा प्रतिकेजी २० रुपैयाँ बढेको छ । त्यसयता चामल पनि प्रतिकेजी १० रुपैयाँदेखि १८ रुपैयाँसम्म बढेको छ ।

संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार ठूला व्यापारीहरूले चामल, आँटा र मैदाको भाउ मनपरी तरिकाले वृद्धि गरेका छन् । “गहुँको त सिजन होइन, चामलको त अहिले सिजन हो नि, यसरी मूल्य बढ्दा सरकारका नियमनकारी निकाय कहाँ छन् ,” अध्यक्ष बज्राचार्यले प्रतिप्रश्न गर्नुभयो ।

यस्ता निकायले खाध्यन्न आयातकर्ता, मिल तथा उद्योगहरूमा अनुगमन नगरी साना खुद्रा पसलमा सीमित हुँदा बजार भाउ नियन्त्रण बाहिर पुगेको उहाँको भनाइ छ गोरखापत्रमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *