नेपाल शिक्षक संघ चन्द्रागिरिको दोश्रो अधिवेशन माघ २१ गते
थानकोट ।
नेपाल शिक्षक संघ चन्द्रागिरि नगर स्थानीय कार्यसमितिको दोश्रो अधिवेशन माघ २१ गते शनिबार आयोजना हुने भएको छ ।
नयाँ नैकापस्थित मंगल माध्यमिक विद्यालयमा हुने सो अधिवेशन अपरान्ह २ः३० बजे सुरू हुने नेपाल शिक्षक संघ चन्द्रागिरि नगर स्थानीय कार्यसमिति अध्यक्ष विकाश महर्जनले जानकारी दिनुभयो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । सो समितिमा करिब १६० जना शिक्षक शिक्षिका आबद्ध रहेको बताइएको छ । संघ नेपाली काँग्रेसको शुभेच्छुक भातृ संगठन हो ।