चन्द्रागिरिमा आज गठबन्धनको बैठक बस्दै

Thankot Times

थानकोट, चैत्र २९ ।

आसन्न स्थानीय चुनावका सन्दर्भमा चन्द्रागिरि नगरपालिकामा सत्ता घटक पाँच दलको संयुक्त बैठक मंगलबार बस्दैछ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) तथा जनता समाजवादी पार्टीकानगर प्रतिनिधिसहितको उक्त बैठकले बैशाख ३० को स्थानीय चुनावका लागि थप रणनीति तय गर्ने बुझिएको छ ।

यसअघि चैत्र २७ गते बसेको पाँच पार्टीको बैठकले चन्द्रागिरिमा स्थानीय चुनावमा तालमेल गर्ने निर्णय गरेको थियो ।

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्न चाहनुहुनेले अनिवार्य रूपमा श्रोत खुलाउन हुन अनुरोध छ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए हामीलाई [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ