शाखा कार्यालय संचालनमा लागि चन्द्रागिरि नगरपालिका-१४ नैकापमा घर भाडामा खोज्दै प्रभु बैंक

Thankot Times

थानकोट ।

प्रभु बैंक लिमिटेडले चन्द्रागिरि नगरपालिका-१४ नैकाप लगायत विभिन्न स्थानमा ६५ वटा शाखा कार्यालय संचालनका लागि नयाँ घरभाडामा लिने भएको छ।

साबिक सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट पुष २६ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ ।

समायोजनपछि प्रभु बैंकले ६५ वटा शाखा कार्यालय संचालनमा लागि नयाँ भवन आवश्यक रहेको जनाएको हो ।

इच्छुक धरधनीहरुले १५ दिनभित्र बैंकको प्रधान कार्यालय संजाल विस्तार विभा तथा सम्बन्धित प्रादेशिक कार्यालयहरु विराटनगर, बीरगंज, मानभवन, ललितपुर, पोखरा भैरहवा, सुर्खेत र धनगढीमा शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

बैंकले भुई तल्ला वा पहिलो तल्लाको कम्तिमा करिब २ हजार र भुई तल्लामा एटिएमको लागि भवन भाडामा आवश्यक रहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *