सुनको मूल्य तोलाको १ लाख ६ हजार रूपैयाँ पुग्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ ।

शुक्रबार तोलामा १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर १ लाख ६ हजार रुपैयाँ पुगेको हो।

यस्तै आइतबार तेजाबी सुनको मूल्य १ लाख ५ हजार ५०० छ भने चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँ रहेको छ।

यसअघि शुक्रबार चाँदी तोलामा १३८० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *