भलिबल स्टार प्रतिभालाई माल्दिभ्समा उत्कृष्ट विदेशी खेलाडी सम्मान

थानकोट ।
नेपाली महिला राष्ट्रिय भलिबल टिमकी सदस्य प्रतिभा माली माल्दिभ्समा सम्पन्न राष्ट्रिय भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनी विदेशी खेलाडीतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।
वेम्कोले माल्दिभ्सको राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भयो । यो प्रतियोगिताको उपाधि वेम्कोलाई जिताउन न्यु डायमण्ड क्लबकी खेलाडी प्रतिभाले उच्च प्रदर्शन गरेकी थिइन् । प्रतिभा फाइनलमा प्लेयर अफ द म्याच पनि बनिन् ।
शुक्रबार राति भएको खेलमा वेम्कोले क्लब भलिबललाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको थियो । वेम्कोले क्लब भलिबललाई २५–११, २२–२५, २५–१९ र २५–१४ को सेटमा पराजित गर्न सफल भयो । यो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रतिभाले वेम्कोलाई उपाधि जिताउन मुख्य भूमिका खेलेकी थिइन् । यसअघि लिग चरणमा क्लब भलिबलसँग वेम्को पराजित भएको थियो ।
प्रतिभा दोस्रो पटक सर्वोत्कृष्ट खेलाडी बनेकी हुन् । यसअघि प्रतिभा सर्वोत्कृष्ट खेलाडी बन्दै अवार्ड जितेकी थिइन् ।